काठमाडौँ । भदौ २३ गतेको घटनासँग सम्बन्धित विषयलाई लिएर प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई हिजो पक्राउ गरेको थियो।
पक्राउपछि ओलीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको छ।
अस्पतालले जारी गरेको स्वास्थ्य विज्ञप्तिअनुसार २०८२ चैत १४ गते मुटुको चाल असामान्य रूपमा बढ्ने समस्या देखिएपछि ओलीलाई अस्पताल भर्ना गरिएको हो। उनी मिर्गौला प्रत्यारोपणपछिका बिरामी भएका कारण हाइड्रोनेफ्रोसिस, मधुमेह मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी (उपचारमा) तथा कोलेलिथियासिस जस्ता स्वास्थ्य समस्याबाट पीडित रहेका छन्।
हाल उनी अस्पतालको एनेक्स–१ अन्तर्गत शय्या नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा उपचाररत रहेका छन्। अस्पतालका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर अवलोकन र व्यवस्थापन गरिरहेको छ।
अस्पताल प्रशासनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सबै उपचार सेवा उपलब्ध गराइएको जनाएको छ।




















Discussion about this post