कञ्चनपुर । पाटीको नीति, सिद्धान्त विपरित कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पाटीले ठेकेदार कम्पनीलाई तोकेरै चन्दा माग गरिएको छ ।
रास्वपा कृष्णपुर नगरपालिका १ वडा समितिले ठेकेदार कम्पनी अञ्जल कस्ष्ट्रक्सनलाई तोकेरै चन्दा माग गरिएको हो ।
रास्वपा वडा सभापति सुरेन्द्र बोहराद्वारा २७ जेठ ०८३मा हस्ताक्षरित गरिएको पत्रमा असार १गतेदेखि सुदूरपश्चिम प्रदेश अधिवेशन र असार ७देखि ९गते पाटीको महाधिवेशनका लागि भन्दै लेटरप्याडमै तोकैरै ३० हजार माग गरिएकोे छ ।
सत्ताधारी रास्वपाले लेटरप्याडमै तोकेरै ठेकेदार कम्पनीसंग चन्दा मागेपछि पाटीभित्र र बाहिर आलोचना भईरहेको बुझिन्छ ।
पाटी भित्र नीति सिद्धान्त विपरित चन्दा मागेको र बाह्यी पाटीहरुमा सत्ताधारी दल नै चन्दा माग्न उद्यत भएको पक्ष विपक्षमा आरोप प्रत्यारोप चलिरहेको छ । भने, सर्वसाधारण नागरिकहरुले अन्य पुराना दल जस्तै रास्वपा पनि उहीशैलीमा रहेको टिप्पणी गरिरहेका छन ।
रास्वपा कञ्चनपुर सभापति पदम विष्टले चन्दाको विषयमा आफु जानकार नभएको बताए । ‘कसै व्यक्ति समुहसंग हामीले जबरजस्त, लेटर प्याडमै चन्दा माग्ने नीति छैन, यही कसै शुभचिन्तकले स्वच्छाएर दिए मात्रै लिने हो, ‘उनले भने, ‘कृष्णपुरमा पाटीको लेटरहेड प्रयोग गरेको बारे बुझेर दोषि भेटिए कार्बाही गर्छु ।’
कतिपयले भने, सुशासनको विषय अघि सारेकोे पाटीकै नेता कार्यकर्ताहरुबाट चन्दा माग दुखत विषय भएकाले त्यसतर्फ पाटीले करेक्सन गर्नुपर्ने बताएका छन । भने, दलको कार्यक्रमका लागि बिना स्वार्थ आर्थिक सहयोग माग्ने विषय ठुलो भएको बताईरहेका छन ।
यद्यपी सुशासन भ्रष्टाचार मुक्त समाजको सकल्प बोकेको दलबाट चन्दा माग्ने विषय उचित नभएको सुझाव आईरहेको छ । नेता कार्यकर्ताहरु आत्मनिर्भरका विषय उठिरहेका छन ।





















Discussion about this post