मतपेटीकामा आगजनी मतदान स्थगित

बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो।

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर १० केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो। कसले आगजनी गर्‍यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन्। सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ। अहिले पानी हालेर उक्त मतपेटीका निभाइएको छ।

बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको हो। जिल्लाका ८३ हजार पाँच सय ६६ मतदाता रहेका छन्। जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ।

यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित