बेलडाँडी । रोलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी-२, कञ्चनपुरले समाजसेवी तथा क्याम्पसका शुभेच्छुक रोशन खडकालाई क्याम्पसको सल्लाहकार समितिमा मनोनयन गरेको छ।
क्याम्पस व्यवस्थापन समितिको २०८३ असार १३ गते बसेको बैठकको निर्णयअनुसार क्याम्पसको विधान २०६५ (संशोधित २०८०) को दफा ३५ बमोजिम खडकालाई सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएको क्याम्पस प्रमुख प्रयागराज जोशीद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।
रोशन खडका विगतदेखि नै क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासका लागि विभिन्न समयमा निरन्तर सहयोग र सकारात्मक योगदान पुर्याउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्।
क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आवश्यक पूर्वाधार विकासका अभियानमा उनको सक्रिय साथ र सहयोगको उच्च मूल्यांकन गर्दै क्याम्पसले सल्लाहकार समितिमा मनोनयन गरेको जनाइएको छ।
क्याम्पस परिवारले खडकाको अनुभव, सुझाव र सक्रिय सहभागिताले संस्थाको समग्र विकास, शैक्षिक वातावरण सुदृढीकरण तथा भावी योजनालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
मनोनयनसँगै क्याम्पस प्रमुख प्रयागराज जोशीले रोशन खडकालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि क्याम्पसको सर्वाङ्गीण विकासमा निरन्तर सहयोग र मार्गदर्शन रहने अपेक्षा व्यक्त गरेका छन्।



















Discussion about this post