बारम्बार विद्युत् ट्रिपिङ रोक्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारी अवस्थामा

काठमाडौं । वर्षायाममा पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।

मन्त्रालयले मनसुनका कारण उत्पन्न हुने विद्युत् आपूर्तिसम्बन्धी समस्यालाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित, भरपर्दो र अवरोधरहित बनाउन अभियान सञ्चालन गरेको जनाएको छ।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उपभोक्ताबाट गुनासो प्राप्त हुनासाथ तत्काल समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण २४सै घण्टा तयारी अवस्थामा राखेको छ।

मन्त्रालयले मनसुनका सम्भावित जोखिमको पूर्वानुमान गर्दै विद्युत् सेवा नियमित र भरपर्दो बनाउन थप सक्रियता अपनाइएको जनाएको छ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी परेमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित