बेलडाँडी । बेलडाँडी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सेवा करारमार्फत कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
गाउँपालिकाले शुक्रबार प्रकाशित सूचनाअनुसार सहायक पाँचौँ तहको सर्वेक्षक १ जना र सहायक चौथो तहको अमिन १ जना गरी दुई पदमा सेवा करारमार्फत कर्मचारी नियुक्त गर्न लागेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र गाउँपालिकाको कार्यालयमा आवेदन दिन सक्नेछन्। सर्वेक्षक पदका लागि आवेदन शुल्क रु. ७०० र अमिन पदका लागि रु. ५०० निर्धारण गरिएको छ।
उम्मेदवारको छनोट लिखित परीक्षा र अन्तर्वार्ता मार्फत गरिने गाउँपालिकाले जनाएको छ। परीक्षाको मिति, समय र स्थान भने पछि अर्को सूचना मार्फत सार्वजनिक गरिनेछ।
गाउँपालिकाले आवश्यक शैक्षिक योग्यता, उमेर सीमा, आवश्यक कागजात तथा सेवा-सुविधासम्बन्धी विस्तृत विवरण सूचनामै उल्लेख गरेको छ।
योग्य तथा इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ।





















Discussion about this post