‘गौँथली’को ऐतिहासिक सफलता : दुई सातामै १३ करोड ६४ लाखभन्दा बढी कमाइ, वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौंचलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार नेपाली फिल्म ‘गौँथली ले प्रदर्शनको दुई सातामै १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कलेक्सन गर्दै यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ।

आइतबार राति १० बजेसम्मको व्यापार समेटिएको बोर्डको सोमबार सार्वजनिक रिपोर्टअनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो सातामै करिब साढे ७ करोड रुपैयाँ कमाएको थियो भने दोस्रो सातासम्म आइपुग्दा कुल आम्दानी १३ करोड ६४ लाख रुपैयाँ नाघेको हो। यस अवधिमा फिल्म ४ लाख ९४ हजार ११५ दर्शकले हेरेका छन्।

तेस्रो सातामा पनि फिल्मको व्यापार उत्साहजनक रहेको जनाइएको छ। हाल २५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको फिल्मले २० करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने अनुमान गरिएको छ। सुरुआतमा करिब २०० शो पाएको फिल्ममा दर्शकको आकर्षण बढ्दै जाँदा अधिकांश हलमा हाउसफुल प्रदर्शन भइरहेको छ।

डा. भोला रिजालको कथामा आधारित फिल्मका निर्देशक डा. कपिल रिजाल हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् भने वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी ले गरेका छन्।

यसअघि वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा ‘लालीबजार’ पहिलो स्थानमा थियो, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो। ‘गौँथली’ले उक्त कीर्तिमान तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित