मानव बेचबिखन तथा ओसरपसार नियन्त्रणका लागी माईती नेपाल कञ्चनपुरले दियो यातायातकर्मीलाई प्रशिक्षण

पप्पु गुरुङ/दोधारा । माईती नेपाल कञ्चनपुरले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यातायातकर्मीलाई एक दिने अनुशिक्षण प्रदान गरेको छ् । कञ्चनपुरको महेन्द्रनगर बाट सिमावर्ती क्षेत्र गड्डाचौकी, ब्रम्हदेव र दोधारा चाँदनी सडकमा चल्ने अटो रिक्सा चालकहरुलाई अन्तरक्रियात्मक अनुशिक्षण प्रदान गरेको हो ।

चाडपर्वको अवसरमा मानब बेचविखनमा संग्लग्न ब्यक्तिहरु सक्रिय हुने सम्भावना र जोखिम पनि उच्च रहने हुदा मानब मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागी यातायातकर्मीहरुलाई अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । चाडपर्वका बेला मानव बेचविखन तथा ओसारपसार बढी हुने हुदा उक्त जघन्य अपराध रोक्न यातायातकर्मीको महत्वपुर्ण भुमिका रहने संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्नबाट रोक्न समयमा सुचना पाएमा बेचबिखनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । आफ्नो दैनिक पेशागत जिम्मेवारी बहन गर्ने क्रममा कुनै शंकास्पद गतिविधिको यात्रु फेला परेको अवस्थामा माईती नेपाललाई जानकारी गराउन कार्यक्रमका सहभागीहरुलाई माईती नेपाल कञ्चनपुरले अनुरोध गरेको छ् । कार्यक्रममा माईती नेपालले बिगतका दिनहरु देखि गर्दै आएको कार्यको यातायातकर्मीहरुले खुलेरै प्रशंसा गरेका थिए ।

‘हामीहरुमा मानवीयता र समाजसेवाको अझ जिम्मेवारी थपिएको बोध भएको छ, हाम्रा दिदी बहिनी, बालबालिक बेचविखनको शिकार नहुन भनी अब हामी जिम्मेवार र सतर्क रहने छौं’ कार्यक्रमका सहभागी रघुनाथले भने । मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागी आफुहरुको सहयोग सदैव रहने सहभागी रघुनाथले बताउनुभयो ।

भिमदत्त नगरपालिकाको होटेल न्यु आनन्दमा सञ्चालन भएको मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यातायातकर्मीलाई एक दिने अनुशिक्षणमा महेन्द्रनगरबाट सिमावर्ती क्षेत्र गड्डाचौकी, ब्रम्हदेव र दोधारा चाँदनी सडकमा चल्ने २० जना अटो रिक्सा चालकहरुको सहभागीता रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित