कञ्चनपुर । नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरमा वडा अधिवेशन सुरु गरेको छ। सोही क्रममा बेलडाँडी गाउँपालिका-२ को वडा सभापतिमा जितबहादुर धामी सर्वसम्मत चयन भएका छन्।
बिहीबार सम्पन्न अधिवेशनबाट धामीको नेतृत्वमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत चयन गरिएको बेलडाँडी कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका विभिन्न वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। यसअघि कांग्रेसको गगन पक्षले वडा, क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको अवस्थामा देउवा पक्षीय कांग्रेसले भने आजदेखि वडा तहका अधिवेशन सुरु गरेको हो।
सभापति शेरबहादुर देउवालाई नियमविपरीत तथा अपमानजनक ढंगले पदबाट हटाइएको भन्दै देउवा पक्षले असहमति जनाउँदै आएको बताइएको छ। सोही पृष्ठभूमिमा देउवा पक्षले समेत समेत छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको हो।
बेलडाँडी-२ मा भने वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मत रूपमा सम्पन्न भएको देउवा पक्षीय कांग्रेसले जनाएको छ।





















Discussion about this post