धौलीगंगा जलविद्युत आयोजनाको बाँध खोलिने, महाकाली नदीमा जलस्तर बढ्ने चेतावनी

कञ्चनपुर । भारतको पिथौरागढस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध सफाइका लागि खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार अक्टोबर ३ राति १ बजेदेखि अक्टोबर ५ राति १ बजेसम्म करिब ४८ घण्टा (असोज १७ गते रातिदेखि १९ गते सम्म )धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएको छ।

बाँधको ढोका खोलिने सम्बन्धमा एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, तपोवन, धारचुला, पिथौरागढबाट पत्राचार भएको जनाइएको छ।

बाँध खोलिने अवधिमा तथा त्यसपछि समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचनामा नदी किनारमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित