महाकाली सिँचाई जल उपभोक्ता संघ ब्लक‘सी’ समितिको पुर्न मत गणनाको माग

कञ्चनपुर, असोज १६ । कञ्चनपुरको महाकाली सिँचाई जल उपभोक्ता संघ ब्लक‘सी’ समितिको पुर्न मत गणनाको माग अघि सारिएको छ ।

गत असोज ७ गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै सदस्यका उम्मेदवार गणेश बहादुर चन्दले पुन मत गणनाको माग अघि सारेका छन ।

सदस्यका उम्मेदवार चन्दले आफ्ना ४५ मत आएपछि निर्वाचन समितिले ३७ भनेर घोषणा गरेर नियतबस हराएको ३८मत आएकालाई हराएको बताए । उनले आफुसंगै अर्का उम्मेदवार दुर्गा जोशीले पनि ४१मत ल्याएको र ३७ राखेर उनलाई पनि हराएको बताए ।

चन्दले पुन मत गणनाको माग अघि सारेर निर्वाचन समिति, सिँचाई कार्यालय र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिएको बताए ।
‘मैले सम्बन्धीत सरोकारवाला निकायमा निवेदन दिए, ‘उनले भने, ‘अहिलेसम्म सुनुवाई भएको छैन, यस्तो अन्याय गर्नेमाथि पनि सरक्षण भएको छ ।’

उनले निर्वाचनमा समितिदेखि कार्यालयले धाँधली गरेपछि आफुलाई पराजित गरेको बताए । उनले आफुले शुरुवातमै असहमती जनाएर ब्लक सीमा तालाबन्दी गरेको तर न्याय नपाउँदासम्म नखोल्ने चेतावनी दिए ।

चन्दसंगै महासचिवका उम्मेदवार चुडामणी अवस्थीले समेत निवेदन दिएका थिए ।
निर्वाचन सयोजक डिके कार्कीले पुन मत गणनामा आफ्नो अधिकार नभएको दावि गरेका छन । ‘फेरी मत गणना गर्ने मेरो अधिकार छैन, सम्बन्धीत निकाय हुन्छ, भने, ‘मैले सबै प्रकृया पुरा गरेको छु, उहाँले अब सम्बन्धीत निकायमा जानुपर्छ।’

यस विषयमा थप जानकारी लिनका लागि महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुखले बोक्ने ९८५८७५००३५मा पटक पटक फोन गर्दा यो नम्बर उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित