सामान्य विवादमा श्रीमान्को लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु

सिन्धुलीमा श्रीमान्ले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–१०, डाँडाटोलमा मंगलबार बिहान करिब १ बजे भएको घटनामा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य विवादका क्रममा ४२ वर्षीय श्रीमान् मनोज कार्कीले ढुंगाको लोहोरोले श्रीमती सानुकुमारीको टाउकोमा प्रहार गरेका थिए । लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो ।

घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित