काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तिहारयता सुनको मूल्य प्रतितोला १७ हजार १ सय रुपैयाँले घटिसकेको महासंघले जनाएको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ । सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य ३० रुपैयाँले घटेर मंगलबार ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।























Discussion about this post