दलित महिला संघ कञ्चनपुरद्धारा बेलडाँडीमा दुईदिने क्षमता अभिवृद्धि तालिम संचालन

बेलडाँडी,
दलित महिला संघ कञ्चनपुरको आयोजनामा बेलडाँडीमा आज बाट दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।

नेपालको न्याय प्रणाली र कानुनी ढाँचा सम्वन्धी सिमान्तकृत समुदाय लक्षित सामाजिक न्याय प्रवद्र्धनका लागि अनौपचारिक न्यायिक अभियन्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम दिइन लागेको बेलडाँडी दलित हकहित संजालका सचिव रमेश चनाराले जानकारी गराउनु भयो । उहाँका अनुसार दलित समुदायिका नागरिकहरुले कानुनी ज्ञान नभएका कारण अन्याय सहेर बस्नु परेकाले अन्यायबाट मुक्ती पाउनका लागि क्षमता अभिवृद्धि गराउन लागिएको जानकारी गराउनु भयो ।

उक्त तालिमको प्रशिक्षण तथा सहजिकरण अधिवक्ता पुष्प विक्रम शाहीद्धारा हुदै छ । तालिममा विभिन्न समुदायका अगुवा, महिला, दलित महिलाहरुको सहभागिता रहेको छ । तालिमबाट सिकेका कुरा व्यावहारमा उतार्नेमा आयोजक ढुक्क रहेको छ । तालिम भोली समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित