सुदुरपश्चिम प्रदेशमा विविध कार्यक्रम गरी ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईने

सुसदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवस मनाउन उहाँकै अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रम समेत अनुमोदन गरेको छ ।

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस सुदुरपश्चिम प्रदेशमा विविध कार्यक्रम गरी मनाईने  प्रजातन्त्र दिवस भव्यताका साथ विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले तीन दिन प्रदेशभरी दिपावलीसहित विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।

बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रम समेत अनुमोदन गरेको छ । मुख्यमन्त्री शाहको अध्यक्षतामा रहेको मुल समारोह समितिले शनिबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
फागुन ६ गते शनिबार सबै मन्त्रालय, स्थानीय तह र सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईने छ ।

भने सबै कार्यालयहरुका साथै प्रदेशवासीहरुका घर घरमा पनि दिपावली गरिने र सोही दिन रक्तादन कार्यक्रम पनि गरिने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले जानकारी दिएका छन ।
फागुन ७ गते प्रजातन्त्र दिवसका दिनमा सहिद गेटमा सहिदलाई माल्यार्पणको कार्यक्रम राखिएको उनले बताए । दिवसको अवसरमा सहिद गेटदेखि प्रभातफेरीको आयोजना गरि प्रजातन्त्र बिशेष कार्यक्रममा गरिने बताए ।

यस्तै, फागुन ८ गते दिपावली गर्ने कार्यक्रम राखिएको छ । भने वि सं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष दिवस मनाईने गरिएको छ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ जेठ १५ गते पहिलो संविधान सभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित