सुसदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवस मनाउन उहाँकै अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रम समेत अनुमोदन गरेको छ ।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस सुदुरपश्चिम प्रदेशमा विविध कार्यक्रम गरी मनाईने प्रजातन्त्र दिवस भव्यताका साथ विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले तीन दिन प्रदेशभरी दिपावलीसहित विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।
बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रम समेत अनुमोदन गरेको छ । मुख्यमन्त्री शाहको अध्यक्षतामा रहेको मुल समारोह समितिले शनिबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
फागुन ६ गते शनिबार सबै मन्त्रालय, स्थानीय तह र सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईने छ ।
भने सबै कार्यालयहरुका साथै प्रदेशवासीहरुका घर घरमा पनि दिपावली गरिने र सोही दिन रक्तादन कार्यक्रम पनि गरिने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले जानकारी दिएका छन ।
फागुन ७ गते प्रजातन्त्र दिवसका दिनमा सहिद गेटमा सहिदलाई माल्यार्पणको कार्यक्रम राखिएको उनले बताए । दिवसको अवसरमा सहिद गेटदेखि प्रभातफेरीको आयोजना गरि प्रजातन्त्र बिशेष कार्यक्रममा गरिने बताए ।
यस्तै, फागुन ८ गते दिपावली गर्ने कार्यक्रम राखिएको छ । भने वि सं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष दिवस मनाईने गरिएको छ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ जेठ १५ गते पहिलो संविधान सभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको छ ।





















Discussion about this post