कञ्चन सामुदायिक विकास केन्द्रसंग आवद्ध युवा संजालद्धारा चवन्नी वजार सरसफाई

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको मुख्य वजार चवन्नी वजारमा सरसफाइ कार्यक्रम गरिएको छ ।

समुदायमा आधारित कार्यसंजाल कञ्चन विकास केन्द्रसंग आवद्ध सामुदायिक युवा संजाल र चवन्नी वजार व्यवस्थापन समितिको आयोजनामा “हाम्रो नगर सुन्दर सहर” भन्ने मुख्य नारा सहित सोमवार विहान सरसफाई कार्यक्रम गरिएको हो ।

फोहोर जथाभावी बाहिर फाल्नु हुँदैन भन्ने चेतनाको विकास गराउने अभियानको लक्ष्य भएको कञ्चन सामुदायिक विकास केन्द्रका उपाध्यक्ष रोशना थापा मगरले  बताउनु भयो ।

उहाँका अनुसार कञ्चन सामुदायिक विकास केन्द्रले समुदायमा आधारित रहि निस्वार्थ भाव का साथ विभिन्न सामाजिक कार्य गर्दै आएको जनाउदै आज पनि बजारमा फोहोर बढेकाले सरफाईमा जोड दिएको बताए । गर्मी बढ्दै गरेकाले गर्मीका कारण विभिन्न संक्रमण फैलिन सक्ने भन्दै सचेत रहनका लागि सरसफाई अभियान थालेको वहाँले बताउनु भयो ।

युवाहरुले चवन्नी बजारका फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना बनाएको आफुलाई जानकारी गराएकोले सो अभियानमा आफुले पनि साथ दिएको चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार बजार मात्र सरसफाई नभई सबैले अा अाफ्नो घरअागन समेत सफाई राख्नु पर्ने धारणा  ब्यक्त गर्नु भयो ।

पालिकाले फोहोर व्यवस्थापनका लागि दिगो व्यवस्थापन गर्नु पर्नेमा सहभागिहरुको जोड रहेको थियो ।

चवन्नीमा यस्ता सफाइका कार्यक्रम बारम्बार गर्दा समेत यहाँका व्यापारीहरूको कहिलै सहभागिता नदेखिएको एक ब्यापारीले बताए । वहाका अनुसार यहाँका व्यापारीहरूमा अाफ्नो  व्यापार प्रबर्द्धन वाहेक अन्य कार्यमा ध्यान नदिने गरेको जनाए ।

कार्यक्रममा वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री, कञ्चन सामुदायिक विकास केन्द्रका कर्मचारी, विकास केन्द्र अन्तर्गतका युवा समुह लगाएतका युवाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित