कञ्चनपुर,
गत फागुन अन्तिम साता कैलालीको पहलवानपुरमा धन बहादुर रोकायामाथि आक्र्रमण गर्ने समुहलाई कार्बाहीको माग अघि सारिएको छ ।
२४ फागुन राती ८/९बजेतिर घोडाघोडी नगरपालिका १०पहलवानपुरमा रोकायामाथि आक्र्रमण गर्ने समुहलाई कार्बाही गर्न माग अघि सारेको हो ।
पीडित रोकाया परिवारले ज्यानै लिने गरी चिपर्टले आक्र्रमण गर्ने अभिषेक चौधरी, राज कुमार चौधरी सहितको समुहलाई कार्बाहीको माग अघि सारेको छ ।
घाईते धन बहादुर रोकायाका भाई दिपेन्द्र रोकायाले घरजाने क्रममा चोरमारशैलीमा चिर्पट प्रहार गरी दाजुमाथि आक्र्रमण भएको बताए । ‘दाजु पैदल घर गईरहेका बेला राज कुमार चौधरी र अभिषेक चौधरी समुहले एक्कासी भौतिक आक्र्रमण गरेका हुन, ‘उनले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुनुपर्छ ।’
निसर्ग अस्पतालमा ८लाख भन्दा बढि खर्च भईसक्दा पनि रोकायाको स्वास्थ्यमा सुधार आएको छैन । रोकाया परिवारले पीडितलाई न्याय, क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी इन्चार्ज देव बहादुर भण्डारीले घटनामा संग्लनको छानबिन गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाईल पेश गरेको बताए ।

घाईते रोकाया परिवारले दिएको जाहेका आधारमा प्रहरीले घटनामा संलग्लाई पक्राउ गरेर ज्यान उद्योगमा मुद्दा चलाउन सरकारी वकील कार्यालयमा अभियोजन दर्ता गराएको थियो । उक्त घटनामा संलग्न एक जेल चलान भएका छन ।



















Discussion about this post