बझाङ:
बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटना हुँदा २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो। मोटरसाइल दुर्घटना हुँदा सडक छेउमा लत्रिएको थ्रीफेज लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएका उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गरायका छन।
बझाङको तलकोट गाउँपालिका वडा नम्बर–३ का बाल विकाश माध्यामिक विद्यालय धमेनाका निवर्तमान लेखापाल तथा हालसालै प्राथमिक तहको शिक्षक सेवा आयोगमा नाम निकालेर उनी तनहुँ गएका थिए। उनी विद्यालय छुट्टि भएपछि घर आउने क्रममा ग।१३ प–७०९ नम्बरको मोटरसाइल दुर्घटनामा परेको उपरीक्षक खाँणले बताए।
बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटना हुँदा २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो। मोटरसाइल दुर्घटना हुँदा सडक छेउमा लत्रिएको थ्रीफेज लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएका उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दीएका छन।




















Discussion about this post