संघीय संसद्को चालु अधिवेशन बिहीबार राती देखी अन्त्य हुँदै

काठमाडौँ:

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन बिहीबार राती १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेका हुन् मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका छन् ।अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयले संसद्मा पठाएको छ ।

प्रतिनिधिसभामा दलका नेताहरुले बोलिरहेका छन् । उनीहरुले बोलिसकेपछि अधिवेशनको अन्त्यको सूचना सुनाइने छ । यो अधिवेशनमा संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरे ।यो अधिवेशनमा मिटरव्याजीहरुलाई कारबाहीको दायरामा ल्याउनेगरी बनेको विधेयक पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित