बेलडाँडी रामलीलामा दिनप्रतिदिन बढ्यो रौनक

बेलडाँडी, १६ कार्तिक । ४ बर्षको अन्तराल पछि शुरु भएको रामलीला महोत्सव यस बर्ष उत्साहका साथ आयोजना भएको छ । बेलडाँडी गाउँपालिका-२, बसपार्कमा सुरु भएको बेलडाँडी रामलीला सनातन ज्ञान महोत्सवको हिजो छटौं दिन पुग्दा दर्शकको सहभागिता दिनप्रतिदिन बढ्दै गएको रामलीला समितिले जनाएको छ ।

दिनप्रतिदिन रामलीला अवलोकन गर्नेको संख्या गुणत्मक तरिकाले बढेको रामलीला समितिका महासचिव जय बहादुर कुवरले बताउनु भयो । वहाँका अनुसार सर्वसाधारण नागरिक गाउँ–गाउँबाट लीला हेर्नको लागि आउने गरेको बताए । चार बर्ष सम्म हेर्न नपाउँदा न्यास्रो मानेका सर्वसाधारण यस वर्ष उत्सुकताका साथ सहभागी भएका छन् । गाउँबाट हुल बाँधेर सर्वसाधारण आएपछि कलाकार उत्साहित भएको उनको भनाइ छ ।

दशै र तिहारको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सव आयोजना गरिएको कार्यक्रम संचालनक मदन भट्टको भनाई छ ।

कार्तिक १० गते देखि सुरु भएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन, लक्ष्मण शक्ति वाणको लीला लगायत प्रदर्शन हुने गरिन्छ । २२, २३ गते तिर रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने जनाइएको छ ।

 

महोत्सव हरेक दिन राति ७ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत महोत्सवमा गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ । सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने रामलीलाले बेलडाँडीमा रौनक ल्याएको छ । ‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ ।

 

रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेको लीलालाई नयाँ पुस्ताले समेत मनन गरुन भन्ने चाहना समितिको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित