बेलडाँडी, १७ कार्तिक । आज शुक्रवार देखि बेलडाँडीमा ‘कला र संस्कृतिको जर्गेना गरौं’ भन्ने मुल नाराका साथ बेलडाँडीमा तीन दिनका लागि बृहत साँस्कृतिक कार्यक्रम २०८० शुरु भएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको न्यू आराधना कला मन्दिरको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलीको विशेष अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तीन दिन चल्ने छ । आज देखि १९ गतेसम्म हुने सांस्कृतिक कार्यक्रममा गाउँका कुनाकान्द्रामा लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न कार्यक्रम गरिएको न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार यति बेला लागु औषधको विगविगी मौलाउन थालेकाले यसलाई न्यनिकरणमा टेवा पुगोस भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक तथा चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले सांस्कृतिक कार्यक्रमको आयोजना भएपछि यहाँका स्थानीय व्यापारीको व्यापार बृद्धि हुने जनाउदै यहाँका पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने जनाउनु भयो । चवन्नी वजारको खुल्ला मञ्चमा आज देखि तीन दिन सम्म चल्ने सांस्कृतिक कार्यक्रमको भरपुर्ण आनन्द लिन आयोजकले अपिल गरेको छ । कार्यक्रममा नयाँ प्रतिभा देखाउन चाहनेहरुका लागि समेत यो अवसर भएको आयोजकले जनाएको छ ।
यस्तै कार्यक्रमको उदघाटन गर्दै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले संस्कृति संरक्षणमा पालिकाको तर्फबाट संरक्षकको भूमिका रहेको जनाए । उहाँका अनुसार जति पनि संस्कृति कार्यक्रम छन उनी सबै एकै साथ बनाए राम्रो हुने बताए ।
Discussion about this post