बेलडाँडी सुपर डान्सको फाइनलमा ६ प्रतिस्पर्धी विहिवार भिड्दै

केशव थापा/बेलडाँडी । असोज १३ गते शनिबार देखि बेलडाँडीमा शुरू भएको ‘बेलडाँडी सुपर डान्सर’ प्रतियोगिता २०८० को विहिवार फाइनल हुने भएको छ ।

बेलडाँडी सुपर डान्सरको च्याम्पियनका लागि विहिवार २३ गते टप-६ बीच प्रतिस्पर्धा हुने भएको छ।
बेलडाँडी सुपर डान्सरको फाइनल २३ गते बेलडाँडी वडा न.२ मा रहेको बषपार्कमा हुने भएको छ। जसमा सुपर डान्सर टप -६ जनाले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको प्रथम बेलडाँडी सुपर डान्सर २०८० का जज् (निर्णायक) आरके कमल टमटाले जानकनरी गराउनु भयो।

उनका अनुसार , आगामी टप सुपर ८ का लागि प्रतिस्पर्धा हुने भनिएको तर त्यो केही उपस्थिति नहुदाँ सिधै टप-६ को छनोट भएका थिए । सुपर डान्सर मा अडिसनमा १३४ जनाको सहभागिता रहेको थियो। जसमा १३४ जनामा प्रारम्भिक छनोटको अडिसन बाट ५८ जना छनोट भएको थियो ।


५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट गरिएका थिए। जसमा उनिहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए। असोज २० गते सनिवार मेगा अडिसन बाट सुपर १२ मा छनोट भए ।

असोज २७ गते सनिवार टप १२ बाट सिधै आफ्नो टप -६ मा आसिका पार्की, बिपना कुवर ,बिनिता बि.क , रामु सुनार, अस्मिता राना र रितु पार्कीले फाइनलको यात्रा पक्का गरेका थिए । अब सुपर डान्सर प्रतियोगिताको ग्रान्ड फिनाली (फाइनल ) कार्तिक २३ गते बिहान १० बजे बाट हुने आयोजकले जनाएको छ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको सञ्चालक आर के कमल टमटाले बताए। उनले भने, नृत्य प्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको हो । बेलडाँडी गाउँपालिका पुरै तथा बेलौरी नगरपालिकाका ८,९ र १० नम्बर वडाका युवाहरूको सहभागिता रहेको थियो ।

सुपर डान्सर प्रतियोगितामा आरके कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र रानाले मूल्याङ्कनकर्ता (जज) को भूमिका गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित