कैलाली:
कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएपछि बिरामीको चाप दैनिक रुपमा बढ्न थालेको छ। महाकाली र सेती प्रादेशिक अस्पतालबाट समेत ठुलो संख्यामा विरामी उपचार गराउन गेटा अस्पताल पुग्ने गरेका छन्। गेटामा पहिलो पटक गत महिनादेखि अस्पताल सञ्चालनमा आएको छ ।
अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गरी करिब पाँच सय विरामीको सफल उपचार भइसकेको छ। साथै ७० जना बिरामीको निःशुल्क उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ।
कैलालीको गेटामा कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा आएको हो। एक सय शय्या क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूूरा भएपछि अस्पताल सञ्चालनमा ल्याइएको थियो।
मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा अस्पताल सञ्चालनमा आएपछि महाकाली र सेती प्रादेशिक अस्पतालमा समयमा उपचार नपाएर हैरान बिरामीलाई थोरै भए पनि राहत मिलेको छ।
गेटाबाट उपचार सेवा दिन आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध संघीय सरकारले गरेको हो।
Discussion about this post