समाजवादी मोर्चाले भन्यो, ‘जनताको मुक्तिका लागि जिवन उत्सर्ग गरेका सहिद भीमदत्त पन्तको अपमान भयो’

कञ्चनपुर, मंसिर १० । समाजवादी मोर्चा नेपाल कञ्चनपुरले क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गर्ने गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।

 

शुक्रबार राष्ट्रवादी कञ्चनपुर लेखिएको ब्यानरमा केही राप्रपा र राजावादी समुहले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेको हो ।

आइतबार समाजवादी मोर्चा नेपाल कञ्चनपुरले संयुक्त प्रेस नोट जारी गरेर राष्ट्रिय एकता, समाजिक सदभाव र धार्मिक सहिष्णूतामा आँच पु¥याउने गतिबिधी निन्दनिय भएको ठहर गरेको छ ।

समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी कञ्चनपुरका इन्चार्ज बीरमान चौधरी, नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज लाल बहादुर खडका, जसपा अध्यक्ष राम कुमारी राना र नेकपा विप्लव जिल्ला इन्चार्ज बिराट सीद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको प्रेस नोटमा तोडफोड गर्ने कार्य सहिदप्रतिका अपमान, निन्दनिय कार्यमा संलग्न जुनसुकै व्यक्ति समुहमाथि कार्बाहीको माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित