डडेल्धुरा,
टिकटक पछिल्लो समय बच्चा देखि बृद्धसम्मकाले निकै रुचाएको एप्स हो । टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।
तीन मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स अधिकांस सबैको लोकप्रिय बन्दैछ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।
एक बर्षअघि उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियो धेरैले मन पराउन थाले ।
भाइरल पबिका अनुसार गित, डान्स भन्दापनी म डडेल्धुराको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’
उनी भन्छन्, टिकटक एकाउन्टमा ५ लाख ६३ हजार ६ सय बढी फ्लोर्स छन् भने साढे १७ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिकटकमा आफ्नो भाषामा भिडियो बनाउदै हाल्दै जादा भाइरल भएको पत्तै भएन, आफ्नो भाषा संस्कृति लोप हुनबाट जोगाए जस्तो आफुलाई लाग्छ र पछिल्लो समयमा यो भाषालाई लोपहुनबाट जोगाए जस्तो लागेको छ । अहिले भाइरल भएपछि आज भोली म्युजिक भिडियोमा अभिनय गर्ने अफर आउने गरेको छ । अहिलेसम्म मैले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छु । अझ केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारीमा छु ।
पछिल्लो समयमा व्यापार प्रवर्द्धनका लागी स्थानीय व्यापारीले अफर गर्ने गरेको र केहि विज्ञापन समेत बनाएको उनी बताउछिन् । आगामी दिनमा समेत यस्तै आफ्नो भाषा संस्कृति जर्गेना हुने कार्य गर्ने उदेश्य रहेको बताए ।
Discussion about this post