स्थानीय स्तरको अनुगमनलाई प्रभावकारी बनाऊ

बेलडाँडी, ११ मंसिर । स्थानीय सरकारले गर्दै आएको योजना अनुगमन देखि बजार अनुगमनमा झारा टार्ने काम मात्रै भएको छ । स्थानीय तहले एकीकृतरूपमा पालिका भित्रको अनुगमन गर्न नसक्दा बेला–बेलामा हुने अनुगमन केवल फिल्मी स्टोरी जस्तै बनेका छन् ।

जुनरूपमा अनुगमन हुनुपर्ने हो त्यस अनुरूप हुन सकेको छैन । स्थानीय निकायाका योजना होस् या बजार अनुगमन तीव्र नहुँदा व्यापारी, ठेक्दारहरुले मनलाग्दी गर्दै आएका छन् ।

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालका काम व्यापारीबाट हुँदै आउँदा समेत स्थानीय स्तरको अनुगमन समितिले प्रभावकारी अनुगमन गर्न नसक्नु पालिकाका लागि दुर्भाग्य मान्नुपर्दछ । स्थानीय तहहरुमा उपप्रमुखको संयोजकत्वमा अनुगमन गर्ने गरेको भनिए पनि त्यो प्रभावकारी हुन नसकेको गुनासो आमउपभोक्तले गर्दै आएका छन् ।

 

समितिले अनुगमनलाई तीव्रता दिनुको साटा फिल्मीशैलीमा नाटकीय काम हुनु पक्कै पनि सुखद समाचार होइन । समितिको कार्य फितलो हुँदा व्यापारीले मनलाग्दीरूपमा मूल्य राखेर व्यापार गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर अनुगमन समितिले यसलाई सुनेको नसुन्यै गर्नुले कतै समिति नै व्यापारी ठेक्दारहरुसँग मिलेको त होइन भन्ने आशंका स्थानीय वासिन्दा, आमउपभोक्ताहरुले गर्ने गरेका छन् । त्यसैले समितिले यसतर्फ ध्यान पुर्याउनै पर्छ ।

पालिकाहरुले अनुगमनका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि रकमको सही सदुपयोग हुन सकेको छैन । अनुगमनका लागि छुट्याएको रकमसही ठाउँमा उपयोग नहुनु दुःखद पक्ष हो । अनुगमनका लागि छुट्याएको रकम अनुगमनका नाममा भत्ता लिनु आफैंमा हास्यास्पद विषय बन्न पुगेको छ ।

सरकारी भत्ता लिने तर अनुगमनचाहिँ नाम मात्रको हुनु राम्रो पक्ष होइन । कुनै पनि कार्य गरिन्छ भने त्यसको प्रतिफल हुनुपर्छ । पालिकाहरुले अनुगमनका नाममा खर्चचाहिँ गरिरहने तर त्यसको प्रतिफल प्राप्त नहुने हो भने अनुगमनको औचित्य नै के रह्यो र ? यसले अनुगमन कार्यमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

त्यसैले अनुगमन गर्ने निकायले भत्ता लिने मनसायले मात्र अनुगमन गर्नु भएन । बजारमा अहिले पनि म्याद नाघेका सामान, मानव स्वास्थ्यलाई खतरा पुर्याउने अवैध माछा खुल्लंखुल्ला बिक्री वितरण हुने क्रम नरोकिनुलाई आमउपभोक्ताले राज्यको संयन्त्रमाथि प्रश्न उठाउँदै आएका छन् । आमउपभोक्ताले उठाउँदै आएको आवाजको जवाफ राज्यले दिनै पर्छ र बजार लयाय स्थानीय स्तरमा हुने विकासी गतिविधीमा हुने अनुगमनलाई प्रभावकारी बनाउनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित