नेकपा एमालेका अध्यक्ष ओली आज कैलाली आउँदै

40
VIEWS

कैलाली:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली आउँदै छन् । मंगलबार आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी आउने बताइएको छ ।१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आउन लागेका हुन् ।

 

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आउँदै छन् ।अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् ।

 

महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् ।भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिएका छन् ।

 

१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार