सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना नपुग्दै ५३ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि हालसम्म ५३ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका हुन्। सबैभन्दा बढी कैलाली प्रहरीमा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। सो अवधिसम्म कैलालीमा १६ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्।
कञ्चनपुरमा ११, बैतडीमा ९, बझाङमा पाँच, बाजुरामा चार, डडेल्धुरामा तीन, दार्चुलामा दुई र अछाममा एक उजुरी दर्ता भएको प्रहरीको तथ्यांक ले बताएको छ।प्रदेशमा तीन आर्थिक वर्षमा थप सात सय ५४ जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्।
आर्थिक वर्ष २०७७र७८ देखि हालसम्म ७०७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। आर्थिक वर्ष २०७७र७८ मा २३१, २०७८र७९ मा २३५, २०७९र८० मा १८८ र चालु आर्थिक वर्षको मंसिर दोस्रो सातासम्म थप ५३ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएको पाइएको हो।
Discussion about this post