कैलालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमा हुने

17
VIEWS

कैलाली:

कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका विद्यालयको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमा महिनामा हुने भएको छ।

पुस महिनाभित्र प्रतियोगिता गर्न उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले खेलाडीको विवरण पठाउन सूचना जारी गरेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन धनगढी उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूले कक्षा ९ देखि १२ मा अध्ययनरत १८ वर्ष मुनिका खेलाडी विद्यार्थीको विवरण शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन आग्रह गरिएको छ।

उपमहानगरपालिकाले भलिबल छात्ररछात्रा, कबड्डी छात्ररछात्रा, एथलेटिक्स छात्ररछात्रा, उफ्रने र फ्याक्ने छात्ररछात्रा, मार्सल आर्ट कराँते, तेक्वान्दो र उसुका छात्ररछात्राका लागि अलगअलग प्रतियोगिता हुने सूचनामा उल्लेख गरीएको छ।

 

राष्ट्रपति रनिङ शिल्डका उल्लेखित विधाहरूमा भाग लिने विद्यार्थी खेलाडीहरूको विवरण मंसिर २५ गतेभित्र उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउनुपर्ने छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार