बेलडाँडीका विद्यालयमा यही १० गते देखि श्रावण ५ गते सम्म बर्षे विदा दिने निर्णय

149
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले यही १० गते देखि श्रावण ५ गते सम्मका लागि विद्यालयमा बर्षे विदा दिने निर्णय गरेको छ ।

 

पालिकामा आज बसेको गाउँपालिका स्तरीय प्रधानाध्यापक बैठकको निर्णय बमोजिम शैक्षिक सत्र २०८० को बेलडाँडी गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेण्डरमा निर्धारण गरिएको वर्षे विदामा हालको प्रतिकुल तापक्रम तथा विद्यालयमा विद्यार्थीको न्युन उपस्थितिलाई मध्यनजर गर्दै उक्त विदा अवधी संसोधन गरी यही मिति २०८०।०३।१० गते देखि २०८०।०४।०५ गते सम्म वर्षे विदा गर्ने निर्णय भएकोले उक्त अवधीमा वर्षे विदा गर्न हुन बेलडाँडी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयलाइ अनुरोध गरिएको छ ।

विहिवार प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उक्त जानकारी गराइएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार