कैलालीमा सुदूरपश्चिम महोत्सव २०८० शुरु

 कैलाली:

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुँदै आएको सुदूरपश्चिम महोत्सव २०८०आजदेखी शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा शुरु भएको महोत्सवको एक समारोहकाबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले समुदघाटन गरेका हुन् ।

 

सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले दश बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई दश किलोको माला लगाएका दिएका थिए ।उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक सांस्कृतिक झाँकी समेत प्रस्तुत भइरहेका छन् ।

 

महोत्सवमा कृषि तथा गैरकृषि उपज, बैङ्क तथा वित्तीय, प्रविधि, होटल तथा व्यवसायिक गीरु चार सय बढि स्टलहरू रहेका छन् ।आजदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । महोत्सवको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् ।

महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान समेत गरेको छ ।महोत्सवमा बिक्री हुने टीकटको केही रकम दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जानकारी गराएको छ ।

 

बिक्री हुने प्रति एक टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।हरेक वर्ष महोत्सवलाई प्रभावकारी बनाउन विशेष आकर्षणका गतिविधि हुने गर्दछन् ।

 

 

यस वर्ष महोत्सवमा थारु संग्राहालय मुख्य आकर्षकका रुपमा बनाइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले बताएको छ ।

महोत्सवमा चौधरी र राना समुदायको संस्कृति, रहनसहन तथा खानपानको संरक्षणका लागि संग्राहालय सहितको अलग गाउँ निर्माण गरिएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित