कैलाली:
सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपीएल को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चरणामा पुगेको हो ।
फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स १९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो ।
यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रन बनाएकोबनाएको हो ।यस्तै सोमबार नै भएको अर्को खेलमा लिटल फ्लावर स्कुलले सान्त्वना जित निकालेको छ । लिटल फ्लावरले गरुडा नगरपालिकालाई ५७ रनले हरायो ।
जितेपनि लिटल फ्लावरले समूह चरण पार गर्न सकेन । जितका लागि लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडा १५ ओभरमा सबै विकेटको क्षतिमा ७२ रनमा समेटिएको थियो ।
Discussion about this post