माधव पाैडेल/बेलौरी ,३० मङ्सिर । बेलौरी खेलकुद समितीले आयोजना गरेको ‘दोस्रो खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधी बेलाैरी प्रहरीले हात पारेको छ ।
आज भएको समापन फाइनल खेलमा बैधनाथ बाहिनी अत्तरिया लाई २/३ को सोझो सेटले पराजित गर्दै ईलाका प्रहरी कार्यालयले उपाधी चुमेको हो । तेस्रोका लागि २५ नम्बर बाहिनी महेन्द्रनगर र विज्डम एकेडेमी बिच भएको खेलमा विज्डमले हात पारेको हो।
प्रतियोगिताको विजेता ईलाका प्रहरी कार्यालयले नगद ६५ हजार, द्धितीय हुने बैधनाथ बाहिनी अत्तरियाले ५० हजार र तृतीय स्थान हासिल गर्ने विज्जम एकेडेमीले ३० हजारका साथै ट्रफि, प्रमाणपत्र वितरण प्राप्त गरेका छ्न।
प्रतियोगिताको समापन कार्यक्रको प्रमुख अतिथिमा सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट बिशिस्ट अतिथी सुदुर पश्चिम् प्रदेश खेलकुद समिती अध्यक्ष दिपक बहादुर सिंहको उपस्थिति रहेको थियो। मंसिर २६ गते देखि सुरु भएको प्रतियोगितामा १३ टिम सहभागी रहेका थिए ।
Discussion about this post