‘खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ’

खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदलेजानकारी दिएका छन । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउँदले उक्त कुरा जानकारी दिएका हुन् ।

 

खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्णभएकाले खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्ने उनले बताए। खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने समेत बताउँदै उनले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए ।प्रतियोगिताको उद्घाटन खेलमा स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति भिड्दैछन् ।

 

प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपियाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी राएका छन् ।

 

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले बताएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

 

छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समितिसँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब छन् ।

यस्तै, समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित