कैलाली इप्रका मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना

23
VIEWS

कैलाली:

कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय इप्रका मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

 

फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।पुस्तकालयको आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले उद्घाटन गरेका छन् ।

 

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार