बेलडाँडी/ ८ पुस । बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथले जनतालाई उल्लु बनाउने र आफुलाई विकाश प्रेमी हो भन्नलान भनेर केहिदिन पहिला संघिय राजधानी काठमाडौंमा बेलडाँडी गाउँपालिकाको नकक्ली लेटर प्याड प्रयोग गर्दै विकासको बौंछार गर्ने योजना माग गरेका छन् ।
आफ्नो व्याक्तिगत कामले संघिय राजधानी सिंहदरवार पुगेकी नाथले बेलडाँडीका सोझासाझा जनतालाई उल्लु बनाउन एक पछि अर्को नाटक रच्दै आएकी छिन् । पालिकाको लेटर प्याडमा बेलडाँडीका विभिन्न समस्या रहेको देखाउदै विभिन्न मन्त्रालयमा अपुरो पत्र पठाउने गरेको उनको फेसबुक निजिसचिवालयमा पोष्ट भएका पत्रद्धारा स्पष्ट देखिन्थ्यो ।
उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिकाको लेटर प्याड प्रयोग गरि बन तथा वातावरण मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा कुनै चलानी नभएको फोटो भाइरल पएपछि उनले हतपत अर्को नक्कली चलानी हाली फेरी फोटो सार्वजनिक गरेपछि झिन विवादमा आएकी छिन् । उनले वन तथा वातावरण मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा पछि ३८२ चलानी हालेका छन् । उक्त चलानी बेलडाँडी गाउँपालिकाले असोज ३० गते को.ले.नि.का.मा पाठाएको बेलडाँडी दर्ता चलानी शाखाको अभिलेमा उल्लेख छ ।
बेलडाँडी गाउँपालिकाको पुस ४ गते सम्मको चलानी पुस्तकमा हेर्दा ६१५ पुगेको देखिएको छ भने उनले मन्त्रालयमा दिएको पत्रको मिति पुष ४ गते थियो भने चलानी ३८२ हालेको देखिदा स्थानीय र बेलडाँडी गाउँपालिका कार्यालय आफै हैरान भएको छ ।
गाउँपालिकाले पछिल्लो समय गाउँपालिकाबाट कुनै मन्त्रालयलाई पत्राचार गरेको छैन् । उक्त कुरा गाउँपालिकालाई सोध्दा समेत कुनै पत्र पालिकाबाट नपठाएको दावी गरेको छ । तर उपाध्यक्ष आफैले आफ्नो हातले यस्तो अवैध अपुरो पत्रमा बेलडाँडीका जनातालाई सम्वोधन हुने गरि माग गर्दा बेलडाँडीका जनता आश्चर्यचकित समेत बनेका छन् ।
बेलडाँडीमा बसोबास गर्दै आएका आरक्षपिडितलाई उचित व्यवस्थापन गरिदिन गाउँपालिकाको लेटर प्याड प्रयोग गर्दै माग गरेको पत्र फरक फरक आफैले सार्वजनिक गरेका छन् ।
आरक्ष विस्थापितहरूको समस्या समाधानका लागि गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय अनुसार पूर्व न्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा आयोग बनिसकेर काम गर्ने तयारी रहेका बेला बेलडाँडी गाउँपालिकाको विना जानकारीमा यस्तो नक्कली पत्र मन्त्रालयमा पेश भएको खवर सुन्दा पालिकाले दुःख व्यक्त गरेको छ ।
पालिका प्रमुख हरिशचन्द्र रानालाई हामीले बुझ्दा पालिकाबाट कुनै कसैलाई कसैको हात मन्त्रालयको पत्र नपठाएको बताउदै आएका छन् । यो केका लागि गरे आफु समेत रनभुल्ल परेको उनी बताउछन् । कुनै पनि ठाउँमा पत्राचार गर्दा पालिकालाई जानकारी गराएर अर्थात चलानी सहितको पत्र पठाउनु पर्ने नियम हुन्छ तर उक्त समस्या समाधानका लागि आयोग बनिसकेकाले आयोगलाई उक्त विषयको जानकारी गराउनु ठिक हुने थियो तर यो किन के का लागि गरिएको हो आफुलाई थाहाँ नभएको उनले जनाए ।
यस्तै बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुका अनुसार आफु हाजिर भए यता देखि संघिय मन्त्रालयमा कुनै पत्राचार नगरेको जनाए । स्थानीयका अनुसार पालिकाको लेटर प्याड कसैले पनि दुरुपयोग नर्गनु पर्ने बताउदै पालिकाको कामले संघिय राजधानी गएको हुँ भनेर भत्ता खानको लागि यस्तो रणनिति उपाध्यक्षले अपनाएको हुन सक्ने स्थानीयको बुझाई छ ।
Discussion about this post