लामो समय पछि फेरी फिल्म सुटिङमा फर्किइन् विपना,मेकअप गर्दा आँखाबाट आँसु बगे

काठमाडौं:

मेकअप गर्दा अभिनेत्री विपना थापाको आँखाबाट आँसु बगेका छन् । उनका यी आँसु खुसीका थिए । छायांकन सेटमा एकछिन अलमलिइन् ।

 

यो दृश्यले उनी के सोचिरहेकी छिन् भन्ने कुरा भन्छ ।उनै चर्चित र लोकप्रिय अभिनेत्री थापा १३ वर्षपछि फेरी फिल्मी ंक्षेत्रमा फर्किएकी छन् । उनले बुधबार चितवनको सौराहामा फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन सेट ज्वाइन गरेकी छिन् ।

 

विपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ सन् २०१० मा रिलिज भएको थियो ।‘ह्रस्वदीर्घ’ सुटिङकै लागि विपना माइती देश नेपाल आएकी छन् । यो फिल्ममा उनको महत्वपूर्ण भूमिका हुने निर्मात्री नीता ढुंगानाले जानकारी दिइन् । झण्डै दुई साता विपनाले छायांकनमा जुट्नेछिन् ।‘पहिलो फिल्म जन्मभूमिको छायांकन गर्दाको अनुभूति भइरहेको छ ।

 

कसरी गर्ने र के गर्ने भइरहेको छ,’ पहिलो दिन छायांकन सेटमा विपनाले भनिन्, ‘यसअघि पनि धेरै काम गर्न मन थियो । राम्रो कथामा फिल्म बनेमा गर्छु भन्ने लागेको थियो ।’‘ह्रस्वदीर्घ’को कथा नसुनिकनै आफूले ओके भनेको विपनालेबताएकी छिन् । ‘चुनौतीपूर्ण र भिन्न कथा हुन्छ भने फिल्म गर्छु भनेको थिएँ ।

 

स्टोरी नसुनीकनै ओके गरें,’ उनी भन्छिन्, ‘अब दर्शकको धेरै माया र सपोर्ट चाहिन्छ । दर्शकले विपना कमब्याक भएको हेर्न चाहन्छन् भन्न हेर्न चाहन्छु ।’अहिले चितवनमा ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन चलिरहेको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित