घरको छतबाट खसेर३५ वर्षीय युवकको मृत्यु

दाङ:

दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ।तुलसीपुर उपमहानगरपालिका–५ शारदा टोलस्थित आफ्नै दुई तले घरबाट खसेका ३५ वर्षीय टंकबहादुर वलीको मृत्यु भएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार वली बिहीबार बेलुका आठ बजे तिर घरको छतबाट खसेका थिए। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएकोमा उपचार संभव नभएपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रिफर गरिएको थियो।

कोलहपुरतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएपछि फर्काइएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार बिहान २ बजे पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।

छतबाट खसेका वलीको टाउको लगायत शरीरको भित्री अंगमा गम्भीर चोट पटक लागेको हुँदा मृत्यु भएको चिकित्सकले भनाईन छन् ।

शव पोष्टमर्टमको लागि अस्पतालमै राखिएको छ।

प्रहरीका अनुसार मानसिक रोगी वलीले एकाएक छतबाट हाम फालेको अनुमान गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित