सिन्को समेत नभाच्ने नेतालाई कुनै पनि हालतमा स्वीकार्न नसकिने ः संविधान सभा सदस्य बिष्ट

265
VIEWS

बेलडाँडी,
संविधान सभा सदस्य दिवान सिह बिष्टले सिन्को समेत नभाच्ने नेतालाई कुनैपनि हालतमा स्वीकार्न नसकिने बताएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं.१ नेपाली कांग्रेसबाट एकल प्रतिनिधी सभा सदस्य पदका लागि सिफारि भएका बिष्टले भने यस क्षेत्रमा सिन्को समेत नभाच्ने कुनै पनि नेतालाई नेता नस्वीकारिने जनाउदै आएका छन् ।

केन्द्रमा गठवन्धन पश्च्यात सिट भागवन्डाको काम चलिरहदा समेत बिष्टले कुनै पनि हालतमा कञ्चनपुरमा गठवन्धन नगरिने जनाउदै आएका छन् । यति बेला जनतामा कम्युनिष्ट प्रतिको घृणाले जनता कांग्रेस रुचाइराखेका बेला अनावश्यक गठवन्धन नर्गनुपर्ने नेताहरुलाई सुझाव दिदै आएका छन् । तीन बर्ष खानेपानी मन्त्रालय सम्हालेकी कञ्चनपुरकी छोरी बिना मगरले के विकास गर्यो, यहाँ जनाताका समस्या जस्ताका त्यस्तै छन् । विकासहुनुको साटो उल्टै पाचँ बार्ष पछि विकास बाट पछि धकेलिएको जनाए । अझै विनालाई गठवन्धनको उम्मेदवार बनाउने हो भने यहाँका जनतालाई मुर्ख बनाउने काम भएको टिप्णी गर्नु भयो ।

उनले भने यस क्षेत्रमा कुनै पनि हालातमा गठवन्धन स्वीकार्य नुहने जनाएका छन् । यदि केन्द्रले जवरजस्ती गठवन्धन गराउन खोज्छ भने जनताले नयाँ विकल्प समेत खोजिसेको बताए । जनताले यो पाँच बर्षमा धोखा पाएका छन् त्यसैले जनता सचेत छन् ।

माओवादी नेत्री विना मगरले चुनाव लड्ने नलड्ने विषयमा अझै मुख खोलेकि छैनन् । उनी नेपाली कांग्रेसको सहयोग रहने भएमा र सरल तरिकाले चुनाव जित्ने भए चुनाव लड्ने नत्र अर्कोबाटो रोज्ने माओवादी भित्रको श्रोतले बताएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार