कञ्चनपुर, पुष १५ । कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को बार्षिकोत्सव सम्पन्न भएको छ । आईतबार भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को ४७औँ बार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)का अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयको भौतिक, शैक्षिक गुणस्तरका साथै भावि दिनमा थप शैक्षिक कार्यक्रम ल्याउने बताए । अध्यक्ष विष्टले समय सापेक्ष अनुरुप प्राविधिक शिक्ष््रााका कार्यक्रम संचालन गरिने बताए ।
अध्यक्ष विष्टले विद्यालयको भौतिक पूर्वाधारका साथै अभिभावकको सुझाव सल्लाह अनुरुप थप कार्यक्रम संचालन गरेर शैक्षिक गुणस्तरतर्फ केन्द्रीत योजना ल्याउने बताए ।
विद्यालयका निवर्तमान प्रद्यानाध्यापक ललित सिह साउदलाई सम्मान गरिएको छ । विद्यालयको शैक्षिक प्रशासन गुणस्तर बृद्धिमा भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।
निवर्तमान मुख्यमन्त्री रावलले परम्परागत भन्दा आधुनिक समयसापेक्ष अनुरुप शैक्षिक कार्यक्तममा जोडदिदै शिक्षासंग सरोकारवाला निकायले जिम्मेबार हुनुपर्नेमा जोडदिए । महेन्द्रनगर माध्यामिक विद्यालयका निमित्त प्रद्यानाध्यापक देवराज भट्टले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर निरन्तरता दिदै आगामी दिनमा थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा पस्तुत गरेका थिए । विद्यालयका सहायक प्राद्यानाध्यापक सरस्वती भाट(धामी)ले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, अभिभावक, विद्यार्थी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post