कञ्चनपुर,
कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी(अबिरल) एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता धामी बेदकोट नगरपालिका १ हात्तिथलाको सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । अभिभावक भेलाले धामीलाई अध्यक्षमा चयन गरेको छ । झण्डै एक दशक भन्दा बढि समयदेखि विद्यार्थी राजनीतिक गर्दै आएका धामी जिल्लामा विद्यार्थी नेताका रुपमा परिचित छन ।
शैक्षिक विकृती, बिसङगती बिरुद्धमा आन्दोलन गर्दै जिल्लाको शैक्षिक सुधारका लागि काम गर्दै आएका धामीलाई स्थानीयले सामुदायिक विद्यालयको विकासका लागि अध्यक्षको जिम्मेबारी दिएका हुन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएसंगै दल बहादुर धामीले अभिभावकको विश्वास, चाहना अनुरुप विद्यालयको चौतर्फि विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालयको चौतर्फि शैक्षिक, भौतिक विकासका साथै सामुदायिक विद्यालयको स्तर बृद्धि गर्ने अध्यक्ष धामीको प्रतिबद्धता रहेको छ । विद्यार्थी नेता धामी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएसंगै उनलाई सफल कार्यकाल र बधाईको ओईरो छ ।
Discussion about this post