माधब पौडेल /२०पौष ।कञ्चनपुरको बेलौरी नगरपालिकाले आयोजना गर्न लागेको चौथो नगर स्तरिय तथा चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि बेलौरीको खुला मञ्चमा सञ्चालन हुने भएको छ ।
चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सभापति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी ,प्रमुख अतिथी सुदुर पश्चिम् प्रदेश सभाको उपसभामुख कोइली देबि चौधरी,बिशिस्ट अतिथिमा सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,सुदुर पश्चिम प्रदेश सरकारका निवर्तमान भौतिक पुर्वधार राज्य मन्त्री कुलवीर चौधरीको लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।
पौष २१ देखि २३सम्म आयोजना गरिने उक्त रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा सस्थागत २५ वटा बिद्यालय सहभागी हुने बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने ले जानकारी दिनुभयो ।शनिबार बिहान ११ बजे उदघाटन संगै खेल सञ्चालन हुने समेत बताउनुभयो।
भोलि हुने खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरूमा छात्र छात्रा भलिबल , कवडी , दौड (ट्रयाक) १०० , २०० ,. ४०० , ८०० , १५०० , ३००० मिटर छात्र , छात्रा रिले दौड प्रतियोगिता हुने जनाईएको छ ।
त्यसैगरी उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ ब्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड । छात्रा: हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड रहने छ भने , मार्सल आर्ट तर्फः कराँते छात्रः ४२ केजी, ४७ केजी, ५२ केजी, । ‘५७ केजी, तथा ‘६२ केजी, रहनेछ ।
प्रतियोगि खेलाडी लाई मेडल , प्रमाणपत्र प्रदान गरिने छ भने , प्रतियोगितामा सहभागी बिद्यालय लाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ । उदघाटन संगै हुने खेल१५ सय मिटर छात्रा छात्र दौड ४ सय मिटर हिट दौड,सय मिटर छात्रा छात्र हिट,सटपट छात्रा,लङ्गजम्प छात्रा छात्र,१००*४ रिले छात्रा छात्रको खेलकुद हुने आयोजकले जनाएको छ।
Discussion about this post