राष्ट्रिय अन्तर्राष्ट्रिय कराँते खेलका पदक विजेता एस.केलाई पुनर्वास नगरपालिकाद्वारा सम्मान

26
VIEWS

पुनर्वास/२४ पुस । पुनर्वास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते क्षेत्रमा पदक विजेता अरुण एस.के लाई सम्मान गरेको छ ।

 

पुनर्वास नगरपालिकाले कराते लगायत विभिन्न समाजिक क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरेको बताउदै नगर प्रमुख तोय प्रसाद शर्माले दोसल्ला ओढाई, सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन ।

 

पालिका , क्षेत्रीय ,जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियर रूपमा पुनर्वासलाई परिचीत गराउन सफल भएकोमा उहाँ प्रती गर्भाम्वित रहेको नगर खेलुदल समितिका अध्यक्ष बल बहादुर तामाङले बताए ।

 

सम्मानित हुने एस के.ले आफुलाई हर्षित बनाएको बताउदै नगर प्रमुख र खेलकुद समितिका अध्यक्ष र आयोजक सबै प्रति आभार प्रकट गर्नुभयो । यस्ता कार्यक्रमले आफू जस्तो खेलाडीलाई खेलप्रति सक्रिय रहन र प्रेरणा मिलेको जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार