निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित

100
VIEWS

कञ्चनपुर,
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन प्रशाद भट्ट निर्वाचित भएका छन ।

संघको १४औँ कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले आफ्ना प्रतिद्वन्दी पुष्पराज अवस्थीलाई ४२मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १५५ । अवस्थीले ११३मत ल्याएका छन ।

बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी अमर ब. बमलाई ५८मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १७० र बमले ११२मत ल्याएका छन ।

उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित भएका छन । चन्दले निकटतम प्रतिद्वन्दी शक्ति पन्तलाई ८७मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १८५ र पन्तले ९८मत ल्याएका छन ।

महासचिव योगेन्द्र ठगुराठी निर्वाचित भएका छन । ठगुराठीले प्रतिद्वन्दी अमर मल्ललाई ५८मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । ठगुराठीले १६३ र मल्लले १०५मत ल्याएका छन ।

सचिवमा सुर्य बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी हेम महरालाई ११मतले हराउँदै सचिवमा निर्वाचित भए । चन्दले १३२ र महराले १२१मत ल्याएका छन ।
कोषाध्उक्षमा दिपक भट्ट निर्वाचित भएका छन । भट्टले निकटतम प्रतिद्वन्दी तेज बहादुर चन्दलाई १४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२०, चन्दले १०६ र महेश खडकाले १३ मत ल्याएका थिए ।

सह कोषाध्यक्षमा यज्ञ बैज निर्वाचित भएका छन । वैजले निकटतम प्रतिद्वन्दी विष्णू सिहलाई २७मतको अन्तरले हराउँदै सह कोषाध्यक्षमानिर्वाचित भएका छन । बैजले १४२ र सिहले ११५मत ल्याएकाछन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थाको दिगो विकासका साथै आम व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार