अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा कञ्चनपुरका रोकायाको दाबी

कैलाली । नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कञ्चनपुरका विद्यार्थी नेता कमल रोकायाले दावी गरेका छन् ।

 

उनले सुदूरपश्चिमको अनेरास्ववियुलाई देशमै उत्कृष्ट र नमुना बनाउन आफूले दाबी गरेको बताएका छन् । ‘हामी देशभरिनै पहिलो हुनुपर्छ म सुदूरपश्चिम अखिललाई पहिलो बनाउने अभियान सहित अध्यक्षको आकांक्षी हुँ’ उनले भने ।
यस्तै अर्का आकांक्षी कैलालीका मनोज राई रहेका छन् । राईका अनुसार आफू संयोजक भएका बेला धेरै नयाँ र सृजनशील काम गरेको बताउदै यसलाई अझै निरन्तरता दिनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश कमिटीले जनाएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन् । सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् । आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित