कञ्चनपुर । वेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । वेदकोटका नगर प्रमुख भोजराज बोहराको अध्यक्षतमा सम्पन्न नगर सभाबाट विभिन्न कानुन पारित गरिएका छन् । वेदकोट नगर कार्यापालिकाका निर्णय सभाबाट अनुमोदन गरिएका छन् ।
सभाबाट विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वस्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजि साझेदारी विधेयक २०८० पारित गरिएका छन् । सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको छ ।
नगर सभाबाट दैजी जोगबुडा सडक, सुडा–मुसेपानी– गैरखान सडक निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसित पहल गर्ने निर्णय गरिएको छ । यस्तै वेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक मनाएको छ ।
वेदकोट नगरपालिकाको नगर सभामा स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गरिएको थियो भने वेदकोटका नगर प्रमुख भोजराज बोहराले वडा अध्यक्ष खड्कालाई श्रद्धाञ्जली दिएर परिवारमा समवेदना दिएका छन् ।
Discussion about this post