थारू समुदायको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले संचालन भएको बेलौरीको माघ म्याला आज समापन गरिदै

बेलौरी, २८ पुस । राष्ट्रिय एकता म विविधता हमर शान, थारु भाषा संस्कृति बचैना हमर अभियान भन्ने मुल नाराका साथ थारु समुदायको संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले बेलौरीमा माघ म्याला २०८० विहिवार पुर्व खानेपानी मन्त्री विना मगरद्धारा उदघाटन गरिएको थियो ।

थारू कल्याणकारिणी सभाको आयोजनामा पुस २६,२७ र आज २८ गते गरि ३ दिन म्याला आयोजना गरिएको हो । थारू भाषा, कला, संस्कृति लोप हुँदै गइरहेकाले संरक्षण र प्रवर्द्धन गर्न बेलौरीमा विगत बर्षहरुबाटै म्यालाको रुपमा महोत्सव नै आयोजना गर्न थालिएको छ ।

म्यालामा थारू परिकार, माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार बिक्रीवितरण गरिएको छ । त्यस्तै, थारू भाषा, कला, संस्कृति संरक्षणमा योगदान पुर्याउनेहरुलाई पुस्तक समेत गरिएको थियो । म्यालामा थारू हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारू गरगहना प्रदर्शन गरिएका थिए ।

यससँगै उदघाटनका क्रमामा सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएका थिए । म्यालाको आज तेस्रो दिन समापन गरिने भएको आयोजकले जनाएको छ । म्यालको प्रचार प्रसारका लागि जिल्लाको दक्षिणी क्षेत्रमा रहेका ६ मिडिया फर्मलाई मिडिया पार्टनर राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित