स्थानिय तह कर्मचारी युनियन सुदुरपश्चिम प्रदेशद्वारा मस्यौदा बिधेयक सम्बन्धि प्रदेश सरकारसँग दफावार छलफल

101
VIEWS

बेलडाँडी, २९ पुस । सुदुरपश्चिम प्रदेश स्थानिय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक सम्बन्धि आज आइतवार स्थानिय तह कर्मचारी युनियन सुदुरपश्चिम प्रदेश कार्यसमितिले सुदूरपश्चिम सरकारसँग दफावार छलफल गरेको छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारले तयार गरि रहेको स्थानीय सेवा ऐनको मस्यौदा बिधेयक २०८० मा कतिपय बुदाहरुलाई संसोधन गरि अगाढी बढाउन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री , कानुन मन्त्री र बिधायन तथा प्रदेश मामिला समितिका सभापति लगायत संग छलफल गरिएको स्थानिय तह कर्मचारी युनियन सुदुरपश्चिम प्रदेश संयोजक अशोक पाण्डेयले जानकारी गराउनु भयो ।

उहाँका अनुसार स्थानीय तह कर्मचारी सङ्गठन केवल आफ्ना पेसागत माग र मुद्धा मात्र उठाउने सङ्गठन नभएर स्थानीय सरकारका राम्रा योजनालाई सफल रूपमा कार्यान्वयन गर्न दत्तचित्त भएर लागिपर्ने सङ्गठन भएको जनाए ।


लोकतान्त्रिक सङ्घीय गणतन्त्रको महत्वपूर्ण अङ्ग भनेको स्थानीय तह (सरकार) हो। त्यसैले यस स्थानीय तह कर्मचारी युनियन, नेपाल (LLEUN) ले स्थानीय तहलाई मजबुत बनाउन सहयोग गर्दै आफ्ना पेसागत माग र मुद्धालाई उठाउनुका साथै स्थानीय तह (सरकार) मा काम गर्ने कर्मचारीलाई गोलबन्द गरी भाइचाराको सम्बन्ध अगाडि बढाइरहेको जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार