ललितपुरको इमाडोल इनारमा खसेकी महिला बचाउन बेलडाँडी घर भएका प्रहरी सहायक निरीक्षक थापाको महत्वपुर्ण हात, आफै १ घण्टा बसेका थिए इनार भित्र

बेलडाँडी । दोलखा घर भई ललितपुर जिल्लाको इमाडोलमा डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान माघ १ गते बिहान इनारमा खसेकी थिइन् । बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेको खवर प्रहरीलाई पुग्यो ।

 

उनको उद्धारको लागि प्रहरीको टोली झट्टपट्ट घटना स्थल पुग्यो । त्यसै टोलीमा बेलडाँडी २ घर भएका प्रहरी सहायक निरीक्षक हिमाल थापा मगर समेत सामेल थिए । इनार साघुरो र उद्धार सामग्री नभएकाले उद्धारमा शुरुमा समस्या देखिएको थियो । उता इनारमा खसेकी महिलाको अवस्था गम्भिर बन्दै गएको थियो ।

विपद उद्धार टोली केहि समय ढिला पुग्ने खवर ती बेलडाँडी घर भएका प्रहरी सहायक निरीक्षक थापाको कान सम्म पुग्यो थापाले आफ्नो जिन्दगीको प्रवाह नगरी ति महिलालाई बचाउने उपाय खोजिरहे । जोखिम ठाउँमा जाउँ भन्न आफु मातहतका लाई भन्ने उनले आट गरेनन् । एकजना आफु भन्दा पतलो प्रहरीले म जान्छु भन्यो उ केहि समय इनारमा गयो तर श्वासप्रश्वासमा समस्या देखिए पछि ती ब्याक्ति केहि मिनेटमै बारिह आए ।

तव सम्म ती महिलाको अवस्था डरका कारण बेहोस हुने स्थितिमा थियो । महिलालाई होसमा राखि राख्न रस्सीको सहायता हिमाल इनार भित्रै पसे । ति महिलालाई हौसला दिन आफै इनार भित्र पसेका थापा मगरले आफ्नो ज्यानको प्रवाह नगरी उनी संगै उद्धार टोली नआउन्जेल सम्म करिब १ घण्टा सम्म कुराकानी गरि राखे । नेपाल प्रहरीको उद्धार टोली, नेपाली सेना, शसस्त्र प्रहरी लगायतकाहरु उद्धार समाग्री सहित उद्धारमा खटिएपछि ती असइ बाहिर निश्किए ।

विपद तथा उद्धार टोलीले ती महिलालाई सकुशल बाहिर निकालेर पाटन अस्पताल पुर्याए । अहिले ति महिलाको अवस्था सामान्य बन्दै गएको छ तर मिडियमा ज्यान जोखिम राखेर उनलाई होसमै राख्ने प्रहरी सहायक निरीक्षक हिमाल थापा मगरको कुनै ठाउँ नाम आएन तर पनि उनले आफ्नो फेसबुक स्टाटस राख्दै गौरबका साथ भने अरुलाई सहयोग गर्दा जुन खुसी मिल्छ नि त्यो अरु कुनै काम गरेर मिल्दैन । जुन अवसर मलाइ मेरो गौरबशाली सङ्घठन प्रहरी सङ्घठन द्वारा मात्र प्राप्त हुनसक्छ भन्दै गर्व गर्दै स्टाटस राखे ।

यता बेलडाँडीका स्थानीयले असइ हिमाल थापा मगरको साहसिक कार्यको प्रंशसा गरेका छन् । उनका बुवा अभिमान थापाले आफ्नो छोराले गरेको कार्यलाई सम्मान गरेका छन् । देश र जनातको सेवामा सधै समर्पित हुन आर्शिवाद समेत दिएका छन् । यति बेला उनको साथीभाई इष्टमित्रहरुले चौतर्फी प्रशंसा गरिहेका छन् ।

भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित